तपाईँ सुन्दै हुनुहुन्छः

एक सातादेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला । अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा एक सातादेखि अवरुद्ध कर्णाली राजमार्ग आजबाट सुचारु भएको छ ।

हप्ता दिनसम्म पनि पहिरो पन्छाउन नसक्दा राजमार्ग अवरुद्ध थियो । कालिकोट दैखोलादेखि जुम्लासम्मको विभिन्न खण्डमा आएको पहिरो पन्छाएपछि आइतबारदेखि सडक खुलेको सडक डिभिजन जुम्लाका प्रमुख लिला बहादुर भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार राजमार्गको कालिकोट सडक खण्डको दही खोला, गगने खोला, उपल्लो खल्लागाड पुल, काले खोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैँसी गौडा, टिमुरेभीड, खल्लागाड, धनडा, राँचुली भिग्म लगायतका ५० ठाउँमा आएको सानो ठुलो पहिरो करिब साढे ५ दिन लगाएर पन्छाइएको छ ।

सडक डिभिजन प्रमुख भण्डारीले भन्नुभयो,“राजमार्गको पहिरो पन्छाउन साउन १३ गते बिहान स्काभेटरसहित जुम्लाबाट आएका हौँ । १७ गते साँझसम्म करिब ५० ठाउँको पहिरो पन्छाई आइतबारदेखि सडक सुचारु गर्न सफल भयौँ ।”

ठुला मालबहाक सवारी सञ्चालनमा आइसकेको साना यात्रु बाहक गाडी भने अहिले सञ्चालनमा नरहेको समेत उहाँले जानकारी दिनुभयो । साथै पुनःवर्षात भएर पहिरो खसी सडक अवरुद्ध भए भन्न नसकिने, तर हालका लागि भने एक सातादेखि अवरुद्ध सडक सञ्चालन भएको हो ।

निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउने कार्य छिटो छरितो हुन सकेन । जसका कारण दुई तर्फका सयाँै यात्रुले सास्ती खेप्नुपर्‍यो । पहिरो पन्छाउँदै जाने खस्दै जाने भएकाले पनि समस्या भएको हो । कालिकोट खण्डका टाकुल्ला खोला पुल, उपल्लो खल्लगाड र गगने खोलाको मुख्य पहिरो पन्छाएसँगै राजमार्ग सञ्चालनमा आएको छ ।

राजमार्ग स्तरबृद्धिको माग
कर्णाली राजमार्गमा पहिराले सास्ती दिएको यो वर्ष मात्र मात्र नभई हरेक वर्ष कष्ट हुने गर्दछ । यस समयमा अत्यावश्यक कामले यात्रा गर्ने कसैले पनि सजिलै गन्तव्यमा पुग्न सकेको अवस्था छैन ।

यसको दिगो समाधानका लागि खोलामा पुल निर्माण सडकको स्तर उन्नति गर्न प्रदेश सरकार गम्भीर नहुँदा वर्षेनी नागरिकले कष्ट भोग्नु परेको युवा बालकृष्ण बुढा क्षेत्रीले बताउनुभयो ।

आफ्नै स्टमेटको खर्च व्यवस्थापन गरी यात्रा गरेका धेरैले बाटो आर्थिक अभावका साथै हिँड्नु दुख पाएका छन् । प्रदेश सरकारले राजमार्गको स्तरबृद्धिमा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । सुर्खेतबाट एक हप्ता लगाएर उहाँ जुम्ला आइपुग्नु भएको हो ।

यातायात चालक उदम बस्नेत भन्नुभयो, पैसाको माया नभई यात्रुको सेवाका लागि सवारी चलाउँछौ । तर राजमार्गको अवस्था हेर्दा कुन ठाउँमा के हुने हो भन्ने थाहा छैन । ज्यानलाई दाउमा लगाएर गाडी चलाउनुपर्ने बाध्यता कहिले हट्ला सरकारले चाडै सडक सुधार गर्नुपर्ने उहाँको माग रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button