तपाईँ सुन्दै हुनुहुन्छः

जनावरले अन्नबाली र तरकारीमा नष्ट गर्दा किसान चिन्तित

बैतडी । जङ्गली जनावरले किसानको अन्नबाली तथा तरकारीमा नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका सबैजसो क्षेत्रमा दिउसो बाँदर रातीको समयमा दुम्सी र जङ्गली बँदेलले नष्ट गर्न थालेका हो ।

मकैबाली जङ्गली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार ३ श्रीकोटका प्रेमसिंह विष्टले बताउनुभयो । जङ्गली जनावर धपाउनकै लागि जाग्राम बस्नु परेको उहाँले बताउनुभयो ।

सुर्नया गाउँपालिकाका पनि विभिन्न क्षेत्रमा लगाएको मकैबाली जङ्गली जनावरले खान थालेको छ । गाउँपालिकाको वडा नं ७ को मालमपुर, सिजा लगायतका क्षेत्रमा बँदेलले हैरानी गरेको स्थानीय दीपेन्द्र कुँवरले बताउनुभयो । दोगडाकेदार गाउँपालिकाको वडा नं १ मा पनि जङ्गली जनावरले अन्नबालीमा क्षति पुर्‍याएको प्रकाश विष्टले बताउनुभयो ।

विभिन्न रोग र किराबाट बचाएर पसाउन लागेको मकैबाली जङ्गली जनावरले नष्ट पार्ने गरेको स्थानीय गज बहादुर गोयलाले बताउनुभयो । फौजी किरा र फेदकटुवा किराले अन्नबाली नष्ट गरेका बँदेल जङ्गली जनावरले समेत अन्नबाली खाइदिँदा किसानहरू भोकमरी हुने भन्दै चिन्तामा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button