२०७७ साल साउन २२ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई २ सय बाख्रा र १० बोका प्रदान

आशिष कुमार यादव २०७७ साउन १८ गते १८:२९

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका ८ र ९ तथा इनरुवा नगरपालिका ८ डुम्राहाका किसानलाई २ सय माउँ बाख्रा र १० बोका प्रदान गरिएको छ ।

रामधुनी नगरपालिकाको २ वटा वडा र इनरुवा नगरपालिकाको एक गरी तीन वडाका ५० परिवार किसानलाई माउ बाख्रा र बोका वितरण गरिएको हो ।

व्यवसायिक रूपमा बाख्रा पालन गर्दै आएका किसानको प्रोत्साहनको लागि वडामै किसानलाई माउ बाख्रा र बोका वितरण गरेको पशु विकाश अधिकृत रामप्रसाद मेहताले जानकारी दिनुभयो ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीले वृहतर उत्कृष्ट बाख्रा पालन समिति मार्फत तीन वडाका ५० परिवार किसानलाई माउ बाख्रा र बीउ बोका वितरण गरेको मेहताले बताउनुभयो ।

बाख्रा खोर सुधार कार्यक्रम र खोर निर्माण सहित प्रति किसान ४–४ थान माउ बाख्रा र २० वटा बाख्रालाई पुग्ने गरी १–१ बीउ बोका प्रदान गरिएको मेहताको भनाई छ ।

दुई नगरपालिकाको ३ वटा वडामा व्यवसायिक रूपमा बाख्रा पालन गर्दै आएका किसानलाई प्रोत्साहन स्वरूप बाख्रा प्रदान गरिएको जानकारी दिएको छ ।