तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाउँदा रनियापुरमा एक वृद्धको मृत्यु

तुलसीपुर । तुईसोता खोलाले बगाउँदा तुलसीपुरको रनियापुरमा एक वृद्धको मृत्यु भएको छ ।

शुक्रबार छोरीको घर जान भनेर हिडेका दाङको तुलसीपुर उपमहानगरपालिका–१३ रनियापुर निबासी ६८ बर्षका हरि प्रसाद विक तुइसोता खोलाको अमुवाखोलामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक शिव बहादुर सिहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button