तपाईँ सुन्दै हुनुहुन्छः

पोखराका २५ प्रतिशत पर्यटन मजदूर काममा फर्किए

पोखरा । पर्यटनसँग सम्बद्ध व्यवसायहरु खुलेसँगै पोखराका त्यस क्षेत्रका झण्डै २५ प्रतिशत मजदूर काममा फर्किएका छन् ।

लामो समयको बन्दाबन्दीपछि सुस्ताएको पोखराको पर्यटन विस्तारै तङ्ग्रिन थाले पछि पर्यटन व्यवसायले त्यहाँको चहलपहल बढाउनुको साथै मानिसहरुलाई आशा जगाएको छ ।

सरकारले साउन १५ गतेदेखि पर्यटन क्षेत्र सञ्चालनको अनुमति दिएसँगै पर्यटन सम्बद्ध विभिन्न क्षेत्रमा आबद्ध मजदूर रोजगारीका लागि फर्किएको पोखरा पर्यटन परिषद्ले जनाएको छ ।

परिषद्का उपाध्यक्ष गोपी भट्टराईले भट्टराईले अहिले व्यावसायिकरुपमा भन्दा पनि होटलको आन्तरिक व्यवस्थापन लगायतका कामका लागि होटल रेस्टुराँ, टे«किङ सप, ट्राभल खोलिएका छन् ।

सञ्चालनको प्रारम्भिक अवस्था भएकाले अहिले २५ प्रतिशत कर्मचारी मात्र रोजगारीमा फर्कने वातावरण बनेको जनाइएको छ ।

पोखरामा पर्यटन क्षेत्र सम्बद्ध होटल तथा रिसोर्ट, रेस्टुराँ तथा बार, ट्रेकिङ ट्राभल्स एजेन्सी, प्याराग्लाइडिङ तथा अल्ट्रालाइट, ट्रेकिङ इक्युपमेन्ट शप, इम्ब्रोइयरी एण्ड गार्मेन्ट शप, पर्यटक यातायात व्यवसायी, भिटोफ लगायतमा गरेर करिब ३० हजारले रोजगारी पाएका पोखरा पर्यटन परिषद्ले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button