तपाईँ सुन्दै हुनुहुन्छः

दुई दिनमै दुई गुणा बढी आवेदन

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा दुई दिनमै दुई गुणा बढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार साँझ ५ बजे सम्ममा करीव २ लाख आवेदकबाट सो बराबरको आवेदन परेको हो ।

शुक्रबारदेखि बिक्रीमा ल्याएको आइपीओमा एक लाख ९० हजार ७५ जना आवेदकबाट ७५ करोड ३२ लाख ४८० हजार रुपैयाँ बराबरको ७५ लाख ३२ हजार ४८० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

यो आवेदन नै सर्वसाधारणलाई निष्काशन गरेको ३१ लाख ६० हजार १८३ कित्ताको २.३८ गुणा बढी हुन आउछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button