तपाईँ सुन्दै हुनुहुन्छः

नबिल बैंक ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

काठमाडौं । नेपालको नबिल बैंक लिमिटेड ‘नेपालको उत्कृष्ट बैंक’ घोषित भै पुरस्कृत भएको छ ।

बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रोपटक नबिल बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धि लगायतलाई आधार मानेर यो अवार्ड बाट पुरस्कृत भएको हो ।

बेलायतमा सन् १९९२ मा स्थापना भएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा मानिन्छ ।

‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ ले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रियस्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृत गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button