तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषध सहित दुई भारतीय नागरिक पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरीबाट प्रहरीले २२.९ ग्राम खैरो हेरोइन जस्तो देखिने लागुऔषध सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहका अनुसार, आइतबार बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाटबाट लागुऔषध सहित भारतको पिलिभित कम्पोजनगरका २२ वर्षीय गोबिन्द सिंह र २० वर्षीय राजबीर सिंहलाई पक्राउ गरिएको हो ।

भारतीय क्षेत्रबाट नेपाल तर्फ बेच्न ल्याइरहेको सूचनाका आधारमा पक्राउ परेका दुवैजना भारतीय नागरिकहरूलाई इलाका प्रहरी कार्यालय बेलडाँडीको नियन्त्रणमा राखिएको र उनीहरूलाई लागुऔषध ओसारपसार अन्तर्गत मुद्दा चलाइने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button