तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल प्रवासी चिनियाँ व्यापार संघद्वारा बाढीपीडितको लागि म्याट्रेस सहयोग

सिन्धुपाल्चोक । नेपाल प्रवासी चिनियाँ व्यापार संघले सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकाका बाढीपीडितको लागि रु तीन लाख पचास हजार बराबरको बराबरको म्याट्रेस सहयोग गरेको छ ।

उक्त्त सहयोग आज गाँउपालिका प्रमुख राजकुमार पौडेललाइ लाई हस्तान्तरण गरिएको हो । विपत्तिको यस घडीमा सहयोग गर्न पाएकोमा नेपाल प्रवासी चिनियाँ व्यापार संघले खुशी व्यक्त गरेको छ ।

यो विपतकालिन अवस्थामा सहयोगको हात फ‌ैलाउनुहुने सहयोगी मनका धनीहरुमा भोटेकोशी गाँउपालिका प्रमुख राजकुमार पौडेलले विशेष धन्यवाद साथै आभार प्रकट गर्नुभएको छ ।

गत असार महिनाको बाढी पहिरोले जनधनको ठुलो क्षति भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button