तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा उपमहानगरपालिकाले पिसिआर मेसिन र एम्बुलेन्स खरिद गर्ने


बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले पिसिआर मेसिन र एम्बुलेन्स खरिद गर्ने भएको छ । आज उपमहानगरपालिकाको सभाहलमा बसेको कार्यपालिका बैठकले जनसमुदायमा पनि कोरोना फैलिएको आशंका गर्दै जनसमुदायलाई कोरोना भाईरसबाट बचाउन कोरोना बिशेष अस्थाई अस्पतालका लागि एउटा पिसिआर मेसिन र एउटा एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोना संक्रमित बिरामीहरुको उपचारको लागि आईसोलेसन कक्ष निर्माण ,क्वारेन्टाईनको बेड क्षमता बढाउने, जनचेतना मुलक कार्यक्रम र आवश्यक स्वास्थ्यका सामग्रीहरु खरिद गर्न निर्णय गरेको जीतपुरसिमरा उपमहानगरपालिका उपप्रमुख सरस्वती देबी चौधरीले जानकारी दिनुभयो । उहाँले त्यस कार्यको लागि उपमहानगरपालिकाले ३ करोड रुपैया छुट्टयाएको बताउँनुभयो ।

उपमहानगरपालिकामा कोरोना संक्रमितको सङख्या बढ्दै गएपछि उपमहानगरपालिकाको कार्यालयले कोरोना परिक्षणको दायरा बढाउने निर्णय गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको प्रत्येक वडाहरुमा क्वारेन्टाईन बनाउने जनाएको छ । तर जीतपुरसिमरा उपमहानगरपालिकाले अहिलेसम्म नगर सभा हुन सकेको छैन् । अहिलेको समयमा जीतपुरसिमरा उपमहानगरपालिकामा पिसिआर मेसिन अतिआवश्यक भएपनि सञ्चालनको लागि आवश्यक जनशक्ति र पुर्वाधार निर्माणको अभावमा उपमहानगरपािलकालाई समस्या हुनसक्ने कतिपयले बिश्लेसन गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिकामा १६ जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button