तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व मन्त्रीहरू मेलम्चीमा, सहयोग गर्ने आश्वासन

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् पूर्व कानुन मन्त्री शेर बहादुर तामाङले मेलम्चीमा ८ जनाको ज्यान जानेगरि भएको घटना प्रति दुख व्यक्त गर्नुभएको छ । मन्त्री तामाङ स्वयम मेलम्ची आएर घटनाको अवलोकन गर्दै दुख व्यक्त गर्नुभएको हो । उहाँले विपत्तिलाई कसैले रोकेर रोक्न नसक्ने भन्दै सबै जना लाई सचेत रहन आग्रह गर्नुभयो । त्यस्तै पूर्व सूचना तथा सञ्चार मन्त्री एवम् नेपाली काँग्रेसका नेता मोहन बहादुर बस्नेतको टोलीले मेलम्ची घटनाको अवलोकन गरेको छ ।

मेलम्ची घटना भएको थाहा पाउनासाथ इन्द्रेणी कार्यक्रमका संयोजक कृष्ण कडेंल सहितको टोली लिएर बस्नेत मेलम्ची आउनुभएको हो । गए राति आएको पहिरोले परिएर वीरगन्ज घर भई मेलम्चीमा मजदुरी गरिरहेका ८ जनाको मृत्यु भएको थियो भने १ जनाको ४ घण्टा पछि जीवितै उद्धार गरी उपचारको लागि काठमाडौँ लगिएको छ ।

पूर्व मन्त्री बस्नेतले घटना प्रति दुख व्यक्त गर्दै पीडित परिवार लाही धैर्य भएर बस्न आग्रह गर्नुभयो । त्यस्तै चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीका संयोजक कृष्ण कडेंलले घटनामा मृत्यु भएकाहरूका प्रति परिवार १५ हजारका दरले सहयोग गर्ने घोषणा गर्नुभएको छ । नेता बस्नेतले यस अघिपनि जिल्लामा घटेका हरेक घटनाहरूमा स्वयम उपस्थित हुँदै सहयोग गर्दै आउनुभएको छ । त्यस्तै पाँच पोखरीमा पनि गएको पहिरोमा परि मृत्यु भएका दम्पती प्रति पनि पूर्व मन्त्रीहरूले दुःख व्यक्त गर्नुभएको छ । गत असार २५ गते यता पहिरोमा परी सिन्धुपाल्चोकमा ३७ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button