तपाईँ सुन्दै हुनुहुन्छः

जलेश्वरनाथ नगरपालिकामा २५ जना कर्मचारीमा कोरोना संक्रमित

बर्दिवास । महोत्तरीको जलेश्वरनाथ नगरपालिकामा २५ जना कर्मचारीमा कोरोना संक्रमित भएका छन् ।

नगरपालिकाका ५४ जना कर्मचारीहरुको पिसिआर टेष्ट गरिएकोमा सोमवार २५ जना कर्मचारीको कोरोना भाइरस पोजिटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्र झाले दिनुभएको जानकारी अनुसार सोमवार महोत्तरीमा ३० जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको हो ।

सूचना अधिकारी झाका अनुसार जलेश्वरनाथ नगरपालिकाका २५ जना कर्मचारी र २ जना सर्वसाधारण रहेका छन् भने लोहारपट्टी नगरपालिकामा १ जना, नेपाली सेनाको रणभिम गण प्रकौलीमा १ जना नेपाली सेना र भंगहा नगरपालिकामा १ कोरोना संक्रमण पुष्टि भएको छ ।

जलेश्वर नगरपालिका भित्रका ५३ जनाको स्वाब संकलन गरेर पठाइएकोमा २७ जनाको रिपोर्ट पोजेटिभ आएको सूचना अधिकारी झाले बताउनुभयो ।

यता जलेश्वरनाथ नगरपालिकाका मेयर रामाशंकर मिश्राले नगरको अवस्था भयावह बन्दै गएको बताउनुभएको छ । नगरपालिकाका ५४ जना कर्मचारीहरुको पीसीआर टेष्ट गरिएको थियो, जसमध्ये २५ जनाको कोरोना भाइरस पोजिटिभ रिपोर्ट आएको छ । त्यसैले हामी अहिले गम्भीर अवस्थामा छौं । अहिले हामी विभिन्न व्यवस्थापनहरु मिलाइरहेका छौं । संक्रमित कर्मचारीहरुको कन्टेक्ट टे«सिङ्ग गरिरहेका छौं र छिट्टै नै सबैको टेष्ट गराउँछौं ।

कोरोना संक्रमण देखिएका कर्मचारीहरुको कुनै ट्राभल हिस्ट्रि छैन । तैपनि कसरी संक्रमित हुन पुगे भन्ने कुराको अनुसन्धान गर्दैछौं । यसबाट हामीले कोरोना भाइरस जलेश्वर नगरपालिकामा समुदायस्तरमा प्रवेश ग¥यो कि भन्ने शंका लागेको छ । हामीले जारी गरेको निषेधाज्ञा पुनः लम्ब्याउनुपर्ने अवस्था देखिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button