तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा उपमहानगरपालिकाको छ जना स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना भाइरस सङ्क्रमण

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको छ जना स्वास्थ्यकर्मी र एक जना पत्रकार सहित १७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

कोरोना भाइरस देखिने स्वास्थ्यकर्मीहरूमा कोरोना विशेष अस्थायी अस्पतालका एक जना डाक्टर, डुमरबाना स्वास्थ्य चौकीका सिनियर अनमी एक जना , सहरी स्वास्थ्य प्रवर्द्धन शाखा डुमरबानाका एक जना स्वास्थ्यकर्मी , डुमरबाना स्वास्थ्य प्रवर्द्धन शाखाका आयुर्वेद वैद्य सहायक निरीक्षक र संजिबनी प्याथोलिजी वीरगन्जमा कार्यरत जीतपुर निवासी एक जना स्वास्थ्यकर्मी रहेको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रबि भाष्करले जानकारी दिनुभयो ।

कोरोना भाइरस सङ्क्रमण देखिने एक जना पत्रकारमा जनता टेलिभिजनका बारा सम्वाददाता रहेका छन् । बाँकी १० जना कोरोना संक्रमतिको सम्पर्कमा आएका जीतपुरसिमरा उपमहानगरपालिकाको सर्बसधारणहरु रहेको स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत जितन ठाकुरले जानकारी दिनुभयो ।

जितपुरसिमरा उपमहानगरपालिकास्थित कोरोना विशेष अस्थायी अस्पतालमा यही साउन १६ गते एक सय ५० जनाको स्वाब सङ्कलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

योसँगै जीतपुरसिमरा उपमहानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३७ जना पुगेको छ ।

हिजोदेखि जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू बन्द गरिएको छ । उपमहानगरपालिकाको कार्यालयले एउटा सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि अति आवश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरू बन्द गरिएको उपमहानगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button