तपाईँ सुन्दै हुनुहुन्छः

सडक दुर्घटनाको अवस्था भयावह बन्दै

कञ्चनपुर । कञ्चनपुर जिल्लामा सडक दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुरका अनुसार, गत आर्थिक वर्ष २०७६/०७७ मा मात्रै कञ्चनपुर जिल्लाभर सडक दुर्घटनामा परी ३२ जनाको ज्यान गएको छ । त्यसमध्ये अधिकांश सडक दुर्घटनाको प्रमुख कारण छाडा पशुचौपाया देखिन्छ ।

त्यस्तै, गत आर्थिक वर्षमा विपद्बाट कञ्चनपुर जिल्लामा ११ जनाको ज्यान गएको तथ्याङ्कले देखाएको छ ।

आगलागीबाट तीन जना, डुबानबाट दुई जना, जङ्गली जनावरको आक्रमणबाट तीन जना र सर्प दंशबाट तीन जनाको मृत्यु भएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताउनु भएको छ ।

यस किसिमका घटना न्यूनीकरणका लागि स्थानीय विपद् व्यवस्थापन समिति र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा पूर्व सावधानी तथा सतर्कता अपनाउने गरी कार्य गर्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button