तपाईँ सुन्दै हुनुहुन्छः

बन्दाबन्दी वा निषेधाज्ञा गर्न सक्ने गरी स्थानीय तहलाई अधिकार प्रत्यायोजन

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि बन्दाबन्दी वा निषेधाज्ञा गर्न सक्ने गरी स्थानीय तहहरूलाई अधिकार प्रत्यायोजन गरेको छ ।

कञ्चनपुर जिल्ला कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेकोले जुनसुकै बेला पनि अत्यावश्यक निर्णय गर्नुपर्ने भएको हुँदा आ–आफ्नो पालिका भित्रको अवस्थालाई हेरी स्थानीय तहहरूले समेत निर्णय गर्न सक्ने गरी मार्ग प्रशस्त गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताउनु भएको छ ।

योसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई अध्ययन गरी स्थानीय तहहरूले सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूसँग समन्वय गरेर आवश्यक निर्णय गर्न सक्ने भएका छन् ।

त्यस्तै, गृह मन्त्रालयबाट जारी आदेशअनुसार, कञ्चनपुर जिल्लामा समेत सवारी साधनमा जोर बिजोर प्रणाली कार्यान्वयन गरिने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button