तपाईँ सुन्दै हुनुहुन्छः

गर्भवतीलाई महिलालाई हेलिकप्टरद्वारा उद्धार

सिन्धुपाल्चोक – पाँचपोखरी थाङ्पाल गाउँ पालिकाको बिकट गाँउ वडा न ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवती महिला लाई हेलिकप्टर मार्फत उद्दार गरिएको छ ।

बिहान ८ बजे देखी भर्ना गरेको ३४ वर्षीय गर्भवती महिला पासाङ लामाले स्थानीय स्वास्थ चौकी बाट सुत्केरी गराउन नसकेपछी गाउँ पालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टर द्वारा काठमाँडौं पठाइएको पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामाले बताउनुभयो ।

बच्चाको टाउको ठुलो रहेको र मुटुको धड्कन् सामान्य नरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले जानकारी दिनुभयो ।सडक पनि अबिरल बर्षाले क्षती गरेपछी हेलिकप्टर मार्फत उद्दार गरिएको धितालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button