तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ को मुख्य प्रशासनिक मधेश भवन कोरोनाका कारण सुनसान


जनकपुरधाम । प्रदेश २ का मन्त्री, सांसद र मुख्यमन्त्री कार्यालय सहित विभिन्न मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश नंं २ का मुख्यालय भएको मधेश भवनमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाईएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रदेशसभा सदस्य डा. रिना यादव, मुख्यमन्त्री कार्यालय र सामाजिक विकास मन्त्रालयका कर्मचारीमा संक्रमण भेटिएपछि प्रदेश नंं २ सरकारको मुख्यालय तथा प्रशासनिक निकाय भएको मधेश सुनसान बनेका छन् ।

कोरोना संक्रमण फैलिन सक्ने भन्दै मुख्यमन्त्री सहित केही मन्त्री निवासबाटै कार्य सञ्चालन गर्ने कार्यमा जुट्नु भएको छ भने केही मन्त्री आफ्नो गृह जिल्ला रहनु भएको छ । मुख्यमन्त्री कार्यालय श्रोतका अनुसार संक्रमित कर्मचारीहरु आइसोलेसनमा भर्ना गरिएका छन् भने केही कर्मचारी निवासबाटै काम गरिरहनु भएको छ ।

मन्त्रालयका अधिकांश शाखा तथा कोठाहरुमा ताला लगाईएको छ । मधेस भवनको सुरक्षार्थ प्रवेशद्वारमा खटेका सुरक्षाकर्मीले सर्वसाधारणलाई मधेश भवनमा प्रवेश गर्न दिईएको छैन । मन्त्रीहरुको निर्देशन बमोजिम अनुमतिबिना कसैलाई भित्र प्रवेश गर्न नदिइएको सुरक्षा कर्मीहरुले बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत सहित ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले हालका लागि सो कार्यालय शिल गरिएको सूचना टाँस गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव सहित ८ कर्मचारी, सामाजिक विकास मन्त्रालयका ३ कर्मचारी तथा मुख्यमन्त्री कार्यालयका ६ जना कोरोना पुष्टि भैसकेपछि अरुका लागि कोरोना सर्ने खतरा भएकाले प्रवेशमा रोक लगाईएको छ ।
यसै बीच प्रदेश नंं २ को मन्त्री सहित विभिन्न कर्मचारीहरुमा कोरोनाको संक्रमण देखिईएपछि अहिले विभिन्न क्षेत्रको सहभागितामा वैठक बसीरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button