तपाईँ सुन्दै हुनुहुन्छः

कलैया अस्पतालमा एक डाक्टर सहित १० जनामा कोरोना संक्रमण पुष्टि


बारा । बाराको कलैया अस्पतालमा एक डाक्टर सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराकोे एक मात्र अस्पतालको रुपमा रहेको कलैया अस्पतालमा एक जना डाक्टर सहित दश जनामा कोरोना संक्रमण पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

अस्पतालका चिकित्सक र कर्मचारी र अन्य गरी ५८ जनाको स्वाब संकलन गरि श्रावन २० गते नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा पठाईएको थियो ।

संक्रमित हुनेहरुमा १ जना डाक्टर, २ जना नर्स, २ जना स्वीपर, १ जना फार्मेसी, १ जना एक्सरे र बाकी ३ जना अन्य रहेको अस्पतालका प्रमुख डाक्टर बिरेन्द्र मण्डलले जानकारी दिनुभयो । १४ जनाको रिपोर्ट आउँन अझैँ बाँकी रहेको बाराको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउँनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button