तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा पनि सलह किराको प्रवेश

 
बझाङ । बझाङ जिल्लामा पहिलो चोटी ठुलो समुहमा सहल किराको झुण्ड प्रवेश भएको छ । सलह किरा जिल्लामा प्रवेश भएपछि किसानहरु चिन्तित भएका छन् ।

खप्तड छान्ना गाँउपालीकावाट प्रवेश भएको सलहकिराको झुण्ड बाजुरा अछाम भएर आएको हुन सक्ने अनुमान गरिएको छ । यो किराको झुण्ड बझाङमा आएर तितर वितर भएर छविसपाथीभेरा, दुर्गाथली, केरारस्युँ, खप्तड छान्ना, थलारा, सुर्मा, साइपाल, तल्कोट, गाँउपालीमा सानो सानो झुण्डमा सहल किरा देखिएको जानकारी कृषि ज्ञान केन्द्र बझाडका प्रमुख दिल बहादुर सिंहले वताएका छन् ।

ठुलो समुहमा आएका किरा सानो सानो समहुमा फाँटेको हुदाँ अन्नवालीमा खासै ठुलो क्षती नभएको उनले भने । सहल किरा धपाउन किसानहरु लाइ आगो वालेर धुवाको मुस्लो बनाउने र झाँडाकुडा बजार हल्लाकल्ला गर्ने सुझाव दिएको पनि सिहंले वताएका छन् । सहल किरा बढी आएको ठाँउमा थप विषादी छर्केने सल्लाह दिएको पनि उनले रेडियो नेपाललाइ वताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button