तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा कोरोना संक्रमितको तीन सय २० पुग्यो


बैतडी । बैतडीमा कोरोना संक्रमितको सख्या तीन सय २० पुगेको छ । मेलौली नगरपालिका ७ का २८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या तीन सय २० पुगेको हो । डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ती युवकमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । ती युवकलाई अहिले आइसोलेसनमा राखिएको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको छ । जिल्लामा ३२० जनामा कोरोना संक्रमण देखिँदा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ६० जना संक्रमित रहेका छन् ।

यस्तै शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ४०, दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २८, सुर्नया गाउँपालिकाका २६, पाटन नगरपालिकाका २३, पुर्चौंडी नगरपालिकाका ९ र डिलाशैनी गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टी भएको छ ।

संक्रमित मध्ये ३०४ जना डिस्चार्ज भईसकेका छन् भने १६ जना विभिन्न क्वारेन्टाइन तथा आइसोलेसनमा बसिरहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button