तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ को आन्तरिकमन्त्री यादवको दोश्रो परीक्षणमा पनि कोरोना पोजेटिभ


जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिए पनि उच्च तहका व्यक्ति भएकाले रि चेक गर्दा पनि संक्रमणको पुष्टि भएको प्रादेशिक प्रयोगशाला जनकपुरधामका प्रमुख डा. श्रवण मिश्रले जानकारी दिनु भयो ।

प्रयोगशाला प्रमुख डा. मिश्रले दिउँसो रिचेकको रिपोर्ट आउँदा पनि कोरोना पोजेटिभ देखिएको छ । उहासंगै उहाको चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवान गरेर ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनु भयो ।

यसै गरि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका थप एक जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ । यस अघि ६ जनामा पुष्टि भएको थियो । मन्त्री यादवको स्वास्थ्य अवस्था स्वास्थ्य सामान्य छ । प्रदेश नंं २ का आन्तरिक मन्त्री यादव हाल आफ्नो निवासको होम आईसोलेशनमा रहनु भएको छ

मन्त्री यादवको क्लोज कन्ट्रयाक्टमा रहेका परिवारका सदस्य सहितका अन्य व्यक्तिहरुको एकिन गरेर पीसिआर परीक्षणका लागि स्वाब संकलन हुने प्रयोगशाला प्रमुख डा. मिश्रले जानकारी दिनु भयो ।

मन्त्री यादव अस्ति मात्र शसस्त्र प्रहरीको बर्दिवासमा रहेको गणमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका थिए । कोरोना महामारीको नियन्त्रणको अभियानमा निक्कै सक्रिय रुपमा मन्त्री यादव खटिरहनु भएको थियो ।

प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुनका लागि मन्त्री यादवले फर्किए लगतै पि सि आर चेक जाँच गराएका थिए । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरु, गृहसचिव, प्रहरी महानिरीक्षक लगायत उच्च अधिकारीहरु सहभागि रहनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button