लहानमा आज राती १२ बजे देखि लकडाउन हुने
लहान। सिरहा जिल्लाको लहान नगरपालिका आज १२ बजे राती देखि ९ दिनका लागी लागी लकडाउन हुने भएको छ । चिया पसल, हाट बजार, होटेल तथा रेस्टुरेन्ट, ठेला गाडा पूर्ण रूपमा बन्द हुने जनाइएको छ ।
राष्ट्रिय लोकमार्गमा चल्ने अति आवश्यक सवारी साधन बाहेक नगर क्षेत्र भित्र चल्ने सवारी साधनमा पूर्ण रूपमा रोक लगाइएको लहान नगरपालिकाका सूचना अधिकारी संजय साहले जानकारी दिनुभयो ।
लकडाउन गरिएको समय अवधि भित्र नगर क्षेत्र भित्रका आम उपभोक्तालाई सरसामान खरिद गर्न बिहान ८ बजे देखी बिहान ११ बजे सम्मका लागि पसल खुल्ला गर्ने सूचना अधिकारी साहले बताए ।
पछिल्लो समय नगरपालिका वडा नं ८ का एक जना सहित नगर क्षेत्रका २६ मा कोरोना सङ्क्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ । छिमेकी जिल्ला सप्तरीमा तीव्र रूपमा सङ्क्रमण फैलिरहेको कारण नगरपालिका कार्यपालिकाको आपत्कालिन बैठकले नगर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको जनाइएको छ
यसअघि मिर्चैया नगरपालिकाले बिहीबारदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा लकडाउन गरेको छ । मिर्चैया–६ का दुई स्वास्थ्यकर्मीसहित तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण थप फैलिन नदिन नगर क्षेत्रमा नगरपालिकाले लकडाउन हो ।
प्रतिक्रिया राख्नुहोस्