तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना अस्पतालमा उपचारको क्रममा एकको मृत्यु

वीरगंज । नारायणी अस्पताल वीरगंजको अस्थायी कोभिड गण्डक अस्पतालमा उपचारको क्रममा आज विहान वीरगन्ज महानगरपालीका वडा नम्बर ३ छपकैया निवासी ६५ वर्षीय जोखु साह सोनारको मृत्यु भएको छ ।

दमका रोगी समेत रहेका सोनारको हिजो साँझ अचानक दम बढ्नुका साथै ज्वरो समेत आएको र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागी एडभान्स मेडीकेयर अस्पताल लगिएको र एडभान्स मेडीकेयरमा आईसियु कक्ष बन्द भएको कारण बिरामीलाई वीरगंजका बिभिन्न अस्पतालमा डुलाउदा डुलाउदै अन्त्यमा अस्थायी कोभिड गण्डक अस्पतालमा पु¥याएपछि उपचारको क्रममा आज बिहान मृत्यु भएको मृतकका आफन्त एवं वीरगंज महानगरपालीका वडा नम्बर ३ का अध्यक्ष बैजु स्वर्णकारले जानकारी दिनुभयो ।

नारायणीको अस्थायी कोभिड गण्डक अस्पतालको आईसियुमा राखेर बिरामीको उपचार हुदै गर्दा आज बिहान निधन भएको अस्थायी कोभिड अस्पतालका प्रमुख डा. निरज सिंहले जानकारी दिनुभयो ।

उपचारकै क्रममा मृत्यु भएका सोनारको आज बिहान कोरोना परीक्षणका लागी स्वाब संकलन गरिएको र यसको रिपोर्ट साँझ आउने नारायणी अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।

वीरगंजमा निजी अस्पतालहरुले बिरामीहरुको उपचार गर्न नमान्दा संक्रमणको महामारीमा थप समस्या भएको छ । रुघाखोकी, ज्वरो, दम र मुटुरोगीलाई वीरगंजका अस्पतालहरुले गेट बाटै सुरक्षाकर्मी राखेर बिरामीलाई फर्काउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button