तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यकर्मीमा कोरोना, अस्पताल शिल

अछाम । अछामको बयालपाटा अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना भाईरस संक्रमण पुष्टि भए पछि अस्पताल शिल गरिएको छ ।

न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा असपतालमा एक जना स्वास्थ्यकर्मीलाई कोरोना भाईरसको संक्रमण देखिएको हो ।

अस्पतालमा कार्यरत २९ बर्षिया एक पुरुष स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गा‌ैचनले जानकारी दिनुभयो ।

अस्पतालले स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द गरि अस्पताल शिल गरेको हो । आज देखि लागु हुने गरी आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

एक सुचना जारी गर्दै अर्को सुचना नआएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर गौचनले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button