तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न घटनाका तीन जना फरार अभियुक्त पक्राउ

जुम्ला । जिल्ला प्रहरी कार्यालयले विभिन्न घटनाका तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत जुम्लाबाट जरिवाना भराई सकिएका तर पाँच/छ वर्षदेखि फरार रहेका तीन जना अभियुक्त पक्राउ गरी जुम्ला जिल्ला अदालतमा बुझाइएको डिएसपी लालबहादुर धामीले बताउनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा पातारासी गाउँपालिका–७ का जयबहादुर बुढा, गुठिचौर गाउँपालिका–४ का कृष्णप्रसाद आर्चाय र उनकी श्रीमती रहेका छन् ।

पातारासीका जयबहादुर बुढालाई कृते जालसाध मुद्दामा जिल्ला अदालत जुम्लाको २०७२।०२।१० फैसलाका आदेश अनुसार एक लाख २१ हजार जरिवाना र ११ महिना ११ दिन कैद तोकिएको डिएसपी धामीले जानकारी दिनुभयो ।

गुठिचौर गाउँपालिका–४ का कृष्णप्रसाद आर्चाय उनकी श्रीमतीलाई २०७३।०४।२४ बहुविवाहको मुद्दा अनुसार पाँच हजार जरिवाना र एक वर्ष कैद तोकिएको छ ।

उनीहरू फरार भएपछि लामो समयपछि प्रहरीले अनुसन्धानको माध्यमबाट पक्राउ गरी अदालतको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button