तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार गरिएको परीक्षणमा प्रधानमन्त्रीसहित उहाँनिकट नेता र सचिवालयका कर्मचारी सबैको रिपोर्ट नेगेटिभ देखिएको हो ।

कोरोना संक्रमित प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवको क्लोज कन्ट्याक्टमा परेपछि उहाँको स्वाब लिएर कोरोना परीक्षण गरिएको थियो ।

शुक्रबार बिहानस्वाब संकलन गरिएको परीक्षणको सोही साँझ रिर्पोट आएको थियो ।

प्रधानमन्त्री ओलीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फे, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी सातै जनाको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button