तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा मास्क नलगाई हिँड्ने एक जार चार सय कारबाहीमा

सल्यान । मास्क नलगाई बाहिर हिँड्ने एक हजार चार बढी नागरिकलाई जिल्ला प्रहरी कार्यालय सल्यानले कारबाही गरेको छ ।

लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्न थालेपछि सङ्क्रमणको जोखिम बढ्ने भन्दै प्रशासनले मास्क अनिवार्य गरेको छ ।

मास्क लगाउन गरिएको आग्रहलाई अवज्ञा गर्ने एक सय चार सय एक जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रशासनले मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गर्दै आएको छ ।

गत असार २७ गतेदेखि हालसम्म मास्क नलगाई बाहिर निस्किएकाहरूको जरिवानाबाट एक लाख ४० हजार एक सय रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनुभयो । मास्क नलगाई बाहिर निस्किएकालाई कारबाही सहित निःशुल्क मास्क दिने गरेको खतिवडाको भनाई छ ।

मास्क बिना हिँडडुल गर्नेमाथि सङ्क्रामक रोग ऐन अनुसार कारबाही गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘मास्क नलगाई बाहिर आउनेलाई तत्काल सचेत बनाउँछौ अटेर गरे कारबाहीमा दायरामा ल्याउँछौँ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button