तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारबाट कञ्चनपुरमा सञ्चालित योजनाको अनुगमन

 
कञ्चनपुर ।
सुदूरपश्चिम प्रदेशको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले प्रदेश सरकारबाट कञ्चनपुर जिल्लामा सञ्चालन भएका योजनाको अनुगमन गरेको छ ।

प्रदेश सरकारबाट गत आर्थिक वर्ष २०७६/०७७ मा सम्पन्न भएका योजना र सङ्घीय सरकारबाट प्रदेश सरकारमा हस्तान्तरण गरिएका योजनाको अनुगमन गरिएको समितिका सभापति हर्कबहादुर कुँवरले बताउनु भएको छ ।

उहाँका अनुसार, समितिले केही योजनामा सन्तोषजनक कार्य भएको पाइए पनि अधिकांश योजनाहरूको काममा चरम लापरबाही गरेको पाइएको छ ।

विभिन्न योजनामा भएको लापरबाही र अनियमितताका सम्बन्धमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको सभापति कुँवरको भनाइ छ ।

स्थलगत अनुगमनका क्रममा भेटिएका सकारात्मक एवं नकारात्मक पक्ष दुवै केलाएर सरकारलाई नराम्रा पक्ष सच्याउन निर्देशन दिइने उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button