तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा विद्युत् सेवा अनियमित हुँदा सेवाग्राही मारमा

बैतडी । बैतडीमा विद्युत् सेवा अनियमित हुन थालेपछि सेवाग्राही मारमा परेका छन् । पछिल्ला केही दिनयता विद्युत् सेवा अनियमित हुँदा समस्या भएको नागरिकहरूले बताएका छन् ।

विद्युत् सेवा अनियमित हुँदा जिल्लामा सञ्चालित सञ्चार माध्यमहरूलाई समेत समस्या भएको छ ।

यस्तै मिल सञ्चालक, कम्प्युटर पसल, इलेक्ट्रोनिक पसलहरूलाई समेत विद्युत् अनियमित हुँदा समस्या भएको दोगडाकेदारका दिपेन्द्र कार्कीले बताउनुभयो ।

विद्युत् सेवा अनियमित हुँदा मिल सञ्चालनमा बाधा पुगेको मुस्याचौरका व्यापारी पूर्णानन्द भट्टले जानकारी दिनुभयो ।

बर्षातका कारण तार चुँडिने, हावाहुरीले पोल ढल्ने लगायतका समस्याहरू आउँदा विद्युत् सेवा अनियमित हुन गरेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले जानकारी दिनुभयो । वर्षा र हावाहुरीले विद्युत्का संरचनाहरूमा क्षति पुर्‍याइरहेकाले विद्युत् अनियमित हुने गरेको उहाँले बताउनुभयो ।

विद्युत् सेवालाई सकेसम्म चाँडो सुचारु गर्ने नीति अनुसार कार्यालयले काम गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button