तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा ६१ जना कोरोना सङ्क्रमित थपिए

सुनसरी । प्रदेश १ मा शनिवार ६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङ जिल्लामा ४८, सुनसरीमा १० जना त्यस बाहेक तीन जना प्रदेश १ बाहिरका जिल्लाका हुन् ।

विराटनगरका २६ पुरुष सात महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका एक–एक जना महिला, सुनसरीको धरानका दुई महिला दुई पुरुष, दुहबीका तीन पुरुष एक महिला, इनरुवाका दुई पुरुष, महोत्तरीका एक महिला एक पुरुष र सप्तरीका एक पुरुष कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार तीन सय ८३ पुगेको र आज (शनिवार) एक हजार पाँच ३४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्य १४ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रदेश १ मा शनिवारसम्म ५१ हजार छ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button