तपाईँ सुन्दै हुनुहुन्छः

एक सय १३ अति विपन्न , गरिब तथा दलित परिवारलाई राहत वितरण

बारा । दलित महिला सङ्घको सहयोगमा श्री ३ चन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा आज बारा जिल्लाका विभिन्न पालिकाका दलित महिला सङ्घमा आबद्ध एक सय १३ अति विपन्न , गरिब तथा दलित परिवारलाई राहत वितरण गरिएको छ ।

दलित महिला सङ्घ कलैयाकी अध्यक्ष किसमति देवि रामको अगुवाइमा उक्त राहत वितरण गरिएको हो । उक्त राहत दलित महिला सङ्घमा आबद्ध रहेका विभिन्न महिलाहरूबाट अति विपन्न , गरिब , बाढी पीडित तथा दलित महिलाहरूलाई छनौट गरी वितरण गरिएको छ ।

उक्त राहतमा चामल ३० किलो , दाल तीन किलो पाँच सय ग्राम , खाने तेल एक लिटर , नुन एक किलो , डिटौल साबुन तीन थान , सौल एक थान , तौली एक थान , झुल एक थान , मास्क छ थान वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा श्री ३ चन्द्र माध्यमिक विद्यालयका शिक्षक किशोरीलाल राम , प्रहरीहरू , सङ्घका महिला सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button