तपाईँ सुन्दै हुनुहुन्छः

व्यासनगरपालिकामा आदिवासी दिवसको सार्वजनिक बिदा

तनहुँ । तनहुँको व्यासनगरपालिकाले आज नगरक्षेत्रमा विश्व आदिवासी दिवसको सार्वजनिक बिदा दिएको छ ।

२०७६ माघ २४ गते बसेको नगरपालिकाको ३२औँ नगरसभा बैठकबाट २६औँ विश्व आदिवासी दिवसको दिन बिदा गर्ने निर्णय गरेको थियो ।

व्यास नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाको (अत्यावश्यकबाहेक) बिदा हुने नगरपालिकाले जनाएको छ ।

त्यसैगरी सामुदायिक तथा निजी शैक्षिक संस्थाहरु एवं सङ्घसंस्थामा यस नगरपालिकाद्वारा सार्वजनिक बिदा दिने निर्णय भएअनुरुप बिदा गरिएको शाखा अधिकृत मेघनाथ आचार्यले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button