तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा समुदाय स्तरमा कोरोना परीक्षण

पर्वत । पर्वत जिल्लामा समुदायस्तरमा कोरोनाको अवस्था अध्ययन गर्न थालिएको छ ।

समुदायमा कोरोना फैलिएको हुनसक्ने अवस्थाको बारेमा जानकारी लिन ‘कम्युनिटी टेस्ट स्किृनिङ’ अर्थात् समुदाय कोरोना परीक्षण सुरु भएको हो ।

जिल्लाको कुस्मा बजारमा सैलुन पसल चलाउने व्यवसायी, वर्कसपका कामदार, औषधी पसलका सञ्चालक, सवारीसाधनका चालक, विभिन्न सञ्चारमाध्यमका कर्मचारीहरूको कोरोना परीक्षण गर्न स्वाब सङ्कलन गरिएको छ ।

यसले समुदायमा कोरोनाको सङ्क्रमण पुगेको छ कि छैन भनेर यकिन गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भोजराज गौतमले बताउनुभयो ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्णय अनुसार समुदायका ३९ जनाको स्वाब सङ्कलन गरिएको छ । जिल्लामा सङ्क्रक्रमितहरुको सङ्ख्या एक सय एक पुगेको छ । । जस मध्ये ९८ जना डिस्चार्ज भएका छन् भने उपचारको लागि आइसोलेसनमा तीन जना रहेका छन् । अहिलेसम्म विदेशबाट फर्किएका अधिकांश सङ्क्रमित भएका छन् भने स्थानीय स्तरमा तीन जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

पर्वत जिल्लामा भारतबाट नौ सय ७३ जना र तेस्रो मुलुकबाट दुई सय ७० जना भित्रिएका छन् । स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीका अनुसार अहिलेसम्म पर्वतमा ८३ जना पुरुष र १५ जना महिला गरी ९८ जना डिस्चार्ज भइसकेका छन् ।

जिल्लामा एक हजार तीन सय ४८ पुरुष र दुई सय ३७ महिला गरी कुल एक हजार पाँच सय ८५ जनाको पीसीआर परीक्षण गरिएको छ भने छ सय २४ पुरुष र एक सय ६८ महिला गरी सात सय ९२ जनाको आरडिटी गरिएको छ ।

हाल प्रि–क्वारेनटाइनमा ४८ जना पुरुष र चार महिला गरी ५२ जना रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button