तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा थप चार जनामा कोरोना संक्रमण पुष्टि, सदरमुकाम सिल

जुम्ला । जुम्लामा पुनः कोरोना भाइरसको सङ्क्रमित भेटिएपछि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ ।

यहाँको चन्दननाथ नगरपालिका क्षेत्र र तिला गाउँपालिकाको ५ नम्बर वडालाई अर्को सूचना नहुन्जेल अनिश्तिकालिन शील गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिवार गरिएको पिसिआर परीक्षणको प्रतिवेदन अनुसार चन्दननाथ चन्दननाथ नगरपालिका – १ का एक जना पुरुष, वडा नं. ३ का एक जना महिला र वडा नं. ६ का एक जना पुरुषमा कोरोना सङ्क्रमण देखिएकोले थप संक्रमण फैलिन नदिनका लागि नगरपालिका सिल गरिएको डिएसपी लाल बहादुर धामीले बताउनुभयो ।

त्यसै गरी तिला गाउँपालिका – ५ ढिमकोट गाउँमा एक जना महिनामा कोरोना संक्रमण भेटिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि आइतबार दिउँसो ३ बज देखि अर्को निर्णय नभएसम्मका लागि संक्रमण रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन, २०२० को दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गएको छ ।

चन्दननाथ नगरपालिकाको पूर्वमा दासाँघु, पश्चिममा उमगाड्, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदी क्षेत्रको चार किल्ला क्षेत्रमा अर्को सूचना नहुन्जेल शील गरिएको छ ।

त्यस्तै तिला गाउँपालिका वडा नं.५ ढिमकोट गाउँको पूर्वमा चुलाकोट, पश्चिममा जुगामुल, उत्तरमा डुङग्री र दक्षिणमा खोली गाउँको चार किल्ला क्षेत्रमा औषधी पसल र स्वास्थ्य सेवा बाहेकका सबै क्रियाकलपाहरु पुर्णरुपमा बन्द गरिएको प्रशासनको सूचनामा उल्लेख छ ।

साउन १२ गते कोरोना संक्रमण मुक्त जिल्ला घोषणा भइसकेको जुम्लामा लकडाउन खुलेसँगै गरिएको लापरबाहीकै कारण आठ जनामा पुनः कोरोना संक्रमण भइसकेको छ ।

त्यसै गरी केही दिन अघि एक जना महिलामा कोरोना पोजेटिभ देखिएपछि कोटघर स्वास्थ्य चौकी सिल गरिएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button