तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा सलह किराको आतङ्क


जाजरकोट । कर्णाली प्रदेशको जाजरकोट जिल्लामा सलह किराको आतङ्क बढेको छ । यसले जिल्लाको सबै स्थानमा बालीनाली लगायतमा ठुलो क्षति पुर्‍याएको छ । सलहले बाली खाइदिन थालेपछि स्थानीय भने चिन्ताका परेका छन् ।

सलह किराको झुन्ड धपाउन हिजोआज गाउँघरमा यसै गरी बाजा बजाउने, ठुलो स्वरमा कराउने स्थानीयको दैनिकी नै बनेको छ । सबै क्षेत्रमा एकै साथ प्रवेश गरेको सलह किराको झुन्डले मकै, कोदो, भटमास लगायत तरकारी खेतीमा व्यापक क्षति पुर्‍याएको बारेकोट ४ मैनाका धनबहादुर बोहराले बताउनु भयो ।

एक पछि अर्को सलहको झुन्ड गाउँमा प्रवेश गरेपछि धपाउन मुस्किल भएको छ । दुख गरेर खेती बाली लगायो सलहले सखाप पारिदिएको बारेकोट २ लिम्साकी हस्तकुमारी रोकायले बताउनु भयो ।

गाउँ गाउँमा सलहले मकै बाली, फलफूल मात्र नोक्सानी गरेको छैन पशुवस्तुलाई खुवाउने घाँस, बोटबिरुवामा पनि क्षति पुर्‍याएको र यसलाई समयमै नियन्त्रण गर्न नसकिए ठुलो क्षति पु¥याउने बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले बताउनु भयो ।

सलह नियन्त्रण गर्न चुनौती भएको छ । यो एक ठाउँमा क्षति गर्ने र फेरी अर्को ठाउँमा गएर क्षति गर्ने भएकाले नियन्त्रण गर्न चुनौती भएको कृषि विकास उपशाखा बारेकोटका बाली संरक्षण अधिकृत ऐनबहादुर कार्कीले बताउनु भयो ।

दिन प्रतिदिन सलहको झुन्ड जिल्लाको सबै तिर पुगेको छ । सलहको झुन्ड धपाउन थाल ठटाउने, बाजा बजाउने, धुवा लगाउने लगायत अनेक उपाय गरेपछि धपाउन कठिन भएको छ । घोगा लागि सकेको मकैको पात डाँठे रुख तथा बोट बिरुवामा पनि क्षति गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button