तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा आठ सय बढी बिपन्नले पाए निशुल्क बिद्युत मिटर


भोजपुर । भोजपुरमा आर्थिक अवस्था कमजोर भएका आठ सय बढी परिवारले बिद्युत मिटर निशुल्क पाएका छन ।

नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले बिपन्न भएका कारण बिद्युत सेवाबाट बञ्चित भएका परिवारलाई निशुल्करुपमा बिद्युत मिटर उपलब्ध गराएको हो । प्राधिकरणको बार्षिक कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७६÷०७७ मा भोजपुरमा ८ सय २५ जनालाई निशुल्क मिटर बितरण गरिएको नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रका प्रमुख रविन बाबु घिमिरेले बताउनुभयो । प्रमुख घिमिरेका अनुसार अर्थिक बर्ष २०७५÷०७६ बाट भोजपुरमा निुशल्क मिटरको कार्यक्रम शुरु भएको हो ।

बिद्युत सेवाबाट बञ्चित हुनु परेको अवस्थामा बिद्युत मिटर निशुल्क पाएर बत्ति बाल्न पाएकोमा खुशी लागेको भोजपुरको टेम्के मैयुङ गाउँपालिका वडा नम्वर ९ का तिर्थ कुमार बिकको भनाई छ । सो वडाका धैरै घरपरिवारले प्राधिकरणबाट निशुल्क मिटर पाएका छन ।

बिपन्नले आफनो स्थानिय तहको वडाबाट आर्थिक अवस्था कमजोर भएको सिफारिस ल्याएमा निशुल्करुपमा बिद्युत मिटर उपलब्ध गराईने ब्यवस्था अनुसार मिटर बितरण गरिएको नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले जनाएको छ । अति बिपन्न बर्ग तथा सांस्कृतिक महत्वका सम्पदाहरुका लागि निशुल्क मिटर उपलब्ध गराइने छ ।

भोजपुर नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष गोपाल कार्कीले प्राधिकरणको यस्तो सहयोगले बिपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारले पनि घरमा बत्ति बाल्न पाउने बताउनु भयो । कार्कीले भन्नु भयो “हामीले परिवारको अवस्था हेरेर निशुल्क मिटरका लागि प्राधिकरणलाई सिफारिस गर्ने गरेका थियौ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button