तपाईँ सुन्दै हुनुहुन्छः

जबरजस्ती करणी उद्योगका फरार अभियुक्त पक्राउ

ओखलढुङ्गा । ओखलढुङ्गामा जबरजस्ती करणी उद्योगका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी उद्योगमा फरार रहेका जिल्लाको लिखु गाउँपालिका ५ का ५० वर्षीय रिकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

करिब ६ महिनादेखि प्रहरीको फरार सूचिमा रहेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओलढुंगाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिनुभयो ।

२०७६ माघ २४ गते लिखु गाउँपालिका ४ यसमकी ४५ बर्षीया एक महिलालाई जबरजस्ती करणी उद्योग गरी थापा फरार भएका थिए ।

अभियुक्त थापालाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button