तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा दुई जना कोरोना आशङ्कित विरामीकोे मृत्यु


जनकपुरधाम । धनुषा जिल्लाको जनकपुरधाममा कोरोनाको लक्षण जस्तै देखिएको दुई जनाको आज मृत्यु भएको छ ।

जनकपुरधामको कदमचौक स्थित विनय तारा फाउन्डेसन अस्पतालमा सुरक्षा गार्डको रूपमा कार्यरत एक जना पुरुषको शङ्कास्पद मृत्यु भएको हो ।

बिहान ७ बजे शौचालय गएपछि स्वाँस प्रस्वाँसमा समस्या भएपछि फाउन्डेसन अस्पतालमै ल्याउँदा उनको बाटोमा मृत्यु भएको थियो । पाँच दिन देखि उनलाई ज्वरो आइरहेको र स्थानीय स्तरमै पसलमा औषधी किनेर खाने गरेको थिए । मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला विहारी वडा नं. ५ ललियाका घर भएका वर्ष ५० को विन्देश्वर मण्डल रहनु भएको प्रहरीले जनाएको छ ।

त्यसै गरी काब्या हस्पिटलमा मुटु र दमका रोगी रहेका धनुषाको सवैला नगरपालिका घर भएका वर्ष ५० को भरत पूर्वेको मृत्यु जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनु भएको छ ।

मृतक दुवैको शव वाट कोरोना परीक्षणका लागि स्वास्थ्यकर्मीले स्वाब, रगत सहितको आवश्यक वस्तु लिई सकेको धनुषाका प्रमुख जिल्ला अधिकार प्रेम कुमार भट्टराईले जानकारी दिनु भयो ।

हाल कोरोनाको शङ्का मात्र भएकाले दुवैको शव शद्गतका लागि शव परिवारको जिम्मा लगाएको र परीक्षण रिपोर्ट आएपछि कोरोना पोजेटिभ भएको खण्डमा मृतकको सम्पर्कमा रहेकाहरूको कोरोना परीक्षण गरिने भएकाले सीमित व्यक्तिलाई मात्र संस्कारमा जानका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारीले भट्टराईले जानकारी दिनु भयो ।

यसका साथै संस्कारमा आवश्यक सुरक्षा सावधानी अपनाउनका लागि पनि निर्देशन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button