तपाईँ सुन्दै हुनुहुन्छः

अस्पताल चहार्दा चहार्दै ज्यान गुमाएकी युवतीमा कोरोना संक्रमण पुष्टि

बीरगंज । बीरगंजमा निजी अस्पतालले उपचार नगर्दा अस्पताल चहार्दा चहार्दै ज्यान गुमाएकी २० बर्षिया युवती बिष्णु लामाको मृत्यु पश्चात् गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बीरगंज महानगरपालिका वडा नं २ छपकैया निवासी २० वर्षीय बिष्णु लामालाई उपचारका लागि शुक्रवार राति बीरगंजका निजी क्षेत्रका अस्पतालहरूमा डुलाउँदा डुलाउँदै अन्ततः अस्थायी कोभिड अस्पताल गण्डकमा पुर्‍याउनासाथ बिहान २ः०० बजे मृत्यु भएको थियो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा मृतकलाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले बताउनुभयो ।

पहिला सामान्य ज्वरो आएको र औषधी खाएपछि ज्वरो निको भएको अवस्थामा साउन २३ गते साँझ महिलालाई स्वास प्रश्वासमा समस्या भएपछि पहिला बीरगंजको एडभान्स अस्पताल , तराई अस्पताल , भवानी अस्पताल , वयोधा अस्पताल , नेशनल मेडिकल कलेज शिक्षण अस्पताल चहार्दा चहार्दै कुनै अस्पतालले भर्ना लिन नमानेपछि अन्त्यमा अस्थायी कोरोना गण्डक अस्पतालमा पु¥याउदा ज्यान गएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button