तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा थपिए ४० जना कोरोना संक्रमित

सुनसरी । प्रदेश १ मा आइतबार ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार २७ जना पुरूष र १३ जना महिलामा नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

विराटनगर महानगरपालिकामा २९ जना संक्रमित थपिएका छन् । विराटनगरमा देखिएको संक्रमित १९ पुरुष र १० महिला हुन् । झापामा ४ पुरूष र १ महिला गरी ५ जना कोरोना संक्रमण देखिएको झापाको अर्जुनधारामा २ पुरूष, बाह्रदशी र दमकमा १ र १ जनालाई संक्रमण देखिएको हो । यसैगरी सुनसरीमा ४ पुरुष २ महिला गरी ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

धरानमा २ पुरूष, १ महिला, इटहरीमा २ जना र बर्जुमा १ पुरूषमा कोरोना संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धरानकामा संक्रमित देखिएकाहरू मध्ये २ जना विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका डाक्टर र १ जना डाक्टरकी श्रीमती रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button