तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा ३२ गतेसम्म निषेधित क्षेत्र घोषणा

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले ३२ गते सम्म जिल्लाका सबै क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधी थप ६ दिन बढाइएकोले २१ गते जारी निषेधित क्षेत्रको समयावधि भोली राती सकिनेमा अब ३२ गते सम्म कायम रहने छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लालाई साउन ३२ गते राती सम्म निषेधित क्षेत्र कायम राख्ने निर्णय गरेको स्थानीय तहहरुमा स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या समेत थपिदै गएकाले सुनसरी जिल्लामा लागु गरिएको निषेधित क्षेत्र थप ६ दिन कायम राख्ने प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।

निषेधित क्षेत्रको मिति सम्म अत्यावश्यक बाहेकका अन्य सबै सवारी साधन पनि पूर्णरुपमा बन्द गरिने जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button