तपाईँ सुन्दै हुनुहुन्छः

बारामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

बारा । बारामा मोटरसाइकल दुर्घटनामा परी आज एक युवकको मृत्यु भएको छ । पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तरगत बाराको पचरौता नगरपालिका वडा नं. ८ ढोडा पुलमा बिहान सो दुर्घटना भएको हो ।

लङ्गडा चोकबाट पश्चिमतर्फ जाँदै गरेको ना ३४ प ३४०० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेको नाम, थर र वतन खुल्न सकेको छैन ।

दुर्घटनामा मोटरसाइकलको अगाडीको भाग पुर्णरुपमा क्षतिग्रस्त भएको र करिब ३१ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

तीव्र गतिमा रहेको उक्त मोटरसाइकल आफै अनियन्त्रित भई राजमार्गमा रहेको डोरा पुल (कल्भर्ट) को भित्तामा ठोकिएर खोलामा खसेको थियो ।

मृतक युवकको शव परीक्षणको लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button