तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनका कारण घरघरमै रहेका विद्यार्थीलाई स्वअध्ययन सामाग्री वितरण

स्याङ्जा । वालिङ नगरपालिकाले विद्यालय जान नपाएका विद्यार्थीहरूलाई स्वअध्ययन सामाग्री वितरण गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण जारी लकडाउनले विद्यालय जान नपाएका विद्यार्थीहरूलाई घरमै बसेर अध्ययन तथा सिकाई क्रियाकलाप गर्न सक्ने स्वअध्ययन सामाग्री वितरण गरेको छ ।

नगरपालिकाका १४ वटै वडामा रहेका ७३ वटा विद्यालयका विद्यार्थीहरूलाई स्वअध्ययन सामाग्री वितरण गएिको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले जानकारी दिनुभयो ।

१६ मावि, आठ निमावि र ४९ प्राविलाई स्वअध्ययन सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो । सापकोटाले भन्नुभयो, ‘लकडाउनका कारण घरमै बसेका विद्यार्थीहरूलाई घरघरमै बसेर आफ्ना बालबालिकाहरूलाई सिकाई क्रियाकलाप गराउने खालका स्वअध्ययन सामाग्री वितरण गरेका हौँ ।’

कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूलाई सबै विषय समेटिएको किताबमा आफ्ना अभिभावकले साना बालबालिकाहरूलाई सिकाई क्रियाकलाप गराउनेछन् ।

चार महिनादेखि घरघरमा रहेका विद्यार्थीहरूलाई शिक्षण सिकाई क्रियाकलाप ताजा राख्नका लागि स्वअध्ययन सामाग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत एव्ां शिक्षा शाखा प्रमुख सापकोटाले बताउनुभयो ।

नयाँ शैक्षिक सत्रको पाठ्य पुस्तकसँग मिल्दोजुल्दो स्वअध्ययन सामाग्रीमा किताबमै लेख्न र अध्ययन गर्न मिल्ने खालको रहेको छ ।

कोरोनाको संक्रमण लामो समयसम्म रहेमा यसै स्वअध्ययन सामाग्रीबाट परीक्षा लिने परिस्थिति समेत आउन सक्ने जनाइएको छ ।

निजी विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरे पनि इन्टरनेटको पहुँचमा नरहेका बालबालिकाहरू लकडाउनबाट प्रभावित छन् । लामो समयदेखि घरमै बसिरहेका विद्यार्थीको सिकाई क्रियाकलापलाई ताजा राख्न र घरमै बसेर अध्ययनको वातावरण सृजन गर्न स्वअध्ययन सामाग्रीले सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button