२०७७ साल असोज ८ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

स्वचालित पिस्तौलसहित एक युवा पक्राउ

अजय कुमार झा २०७७ साउन २६ गते १७:२९

जनकपुरधाम । स्वचालित पिस्तौल सहित धनुषा प्रहरीले आज जनधपुरधामवाट एक जना यूवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको मुखियापट्टीमुसरहनिया गाउँपालिका वडा नंं ३ बस्ने वर्ष २१ को सुजित यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनु भएको छ ।

जनकपुरधामको वडा नंं १० बाह्रबिघा क्षेत्रमा एक जनाले हातहतियार वेचविखनको लागि ल्याउदै गरेको गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय धनुषावाट खटेको प्रहरीको विशेष टोलीले ज १ ह ३१९२ नम्बरको ट्याम्पोमा चेक जाँच गर्दा सोही टेम्पुमा बसेका यादवले कालो रंगको प्लाष्टिकको झोलामा राखेको चिनि भित्र लुकाई छिपाई राखेको अवस्थामा स्वचालित पिस्तौल बरामद गरेको छ ।

प्रहरीले ४.५ लेखिएको अटोमेटिक पेस्तौलका साथै त्यसमा प्रयोग गर्ने म्याग्जिन १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यूवकको विषयमा थप अनुसन्धान गर्ने काम जारी रहेको पनि प्रहरीले जनाएको छ ।