तपाईँ सुन्दै हुनुहुन्छः

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २२ वर्ष पछि पक्राउ


सल्यान । प्रहरीले सुर्खेतबाट २२ वर्षदेखि फरार रहेको कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सल्यानको बन्गाड कुपिण्डे नगरपालिका वडा न १२ (साविक निगालचुला गाविस वडा न २) का ६६ वर्षीय इन्द्रे कामीलाई सुर्खेतको गुर्भाकोट नगरपालिका १ बाट पक्राउ गरेको हो ।

वि.स २०५५ साल कार्तिक महिना २५ गते तिहारको भाईटिकाको दिन निगालचुला निवासी अन्दाजी २२ वर्षीय मन बहादुर कामीको हत्या गरी फरार रहेका थिए ।

प्रहरीका अनुसार उनले मन बहादुरलाई भाईटिकाको साँझ बन्चरोले हत्या गरी सेवरखोली भन्ने जंगलमा गाडी फरार रहेकोमा जिल्ला अदालत सल्यानले २० वर्ष कैद सजाय तोकेको थियो ।

फरार रहेका उनलाई गुर्भाकोट नगरपालिका १ मा लुकीछिपी बस्का् अवस्थामा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button