तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण

पर्वत । गण्डकी प्रदेशमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान एक प्रेश विज्ञप्ती प्रकाशित गरि संक्रमित थपिएको जनाएको छ ।

निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको स्वाव परिक्षणमा तीनजना महिला र पाँच जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरपालिका २ जना महिला र २ जना पुरुष, तनहुँको बन्दीपूर नगरपालिकाका २ जना पुरुष र बागलुङको बागलुङ नगरपालिकाका १ जना महिलामा कोरोना संक्रमण देखिएको छ । यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या एक हजार ६ सय ३१ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button