२०७७ साल असोज ८ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

घरैबाट श्रद्धाञ्जली व्यक्त गर्न शुभचिन्तकलाई अनुरोध

देवराज सुवेदी २०७७ साउन २७ गते १४:४३

सिन्धुपाल्चोक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले आफ्ना पिता खड्गबहादुर बस्नेतको निधनमा श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गर्ने शुभचिन्तकप्रति आभार प्रकट गर्नुभएको छ । सम्पूर्ण परिवारका तर्फबाट धन्यवाद ज्ञापन गर्दै नेता बस्नेतले कोरोना महामारीका कारण घरबाटै श्रद्धाञ्जली र समवेदना प्रकट गर्न अनुरोध पनि गर्नुभएको छ ।

मङ्गलवार एक विज्ञप्ति जारी गर्दै उनले सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको भीषण बाढी र पहिरोका कारण बाटाहरू भत्किएर आवतजावतमा समेत कठिनाइ भइरहेको र कोरोना भाइरस (कोभिड १९)को भय पनि उत्तिकै रहेकोले यस्तो अनुरोध गर्नुभएको हो ।

बस्नेतले विज्ञप्तिमा भन्नुभएको छ प्राकृतिक विपत्तिको अवस्था, कोरोनाको भय, सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यता, सरकारले गरेको लकडाउन, हामी आफैँ सचेत हुनुपर्ने अवस्था र आवतजावतमा पर्ने कठिनाइका कारण यहाँहरूले हाम्रो घर बाह्रबिसेसम्म आउने कष्ट गर्नुभन्दा आफ्नो घरमा नै बसेर हाम्रा पिताजीप्रति श्रद्धा व्यक्त गरी उपलब्ध प्रविधिमार्फत हामीलाई सान्त्वना प्रकट गर्नुभएमा हामी कृतज्ञ हुने थियौँ ।’