तपाईँ सुन्दै हुनुहुन्छः

तमोर नदीमा एक वेपत्ता

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका ५ हंसमोरङका एक व्यक्ति सोमबार तमोर नदीमा वेपत्ता भएका छन् । हंसमोरङका उत्तर बहादुर याख्खाको छोरा ३३ वर्षका छोरा महेन्द्र याख्खा छिमेकीको मलामी आएका समयमा नदीमा नुहाउने क्रममा अचानक वगेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनि नदीमा डुवेको भन्ने खवर अस्थायी प्रहरी पोष्ट मौनावुधुकलाई जानकारी प्राप्त भएपछि त्यहाँका प्रहरी सहायक निरिक्षक र प्रहरी चौकी मुलघाट बाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा र शसस्त्र प्रहरी बल बेस क्याम मुलघाटबाट समेत टोलिद्धारा खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button