तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमित आमाबाट जन्मिएको बच्चाको मृत्यु

बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित महिलाले जन्माएको शिशुको मृत्यु भएको छ । रुकुम पश्चिम चौरजहारीकी २८ वर्षीय महिलाले २४ गते राति २ किलो ७ सय ग्राम तौलको शिशु जन्म दिएकी थिइन् । शिशु को उपचारको क्रममा सोमबार बिहान एक बजे मृत्यु भएको अस्पतालका उप निर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रसूति हुन भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । ३९ हप्ताकी गर्भवती महिलामा कोरोना संक्रमण देखिएपछि कोभिड १९ लेभल ३ अस्पतालका रुपमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप उपचारका लागि रिफर गरिएको थियो ।

रिफर भएकै दिन शनिबार राती शल्यक्रिया गरेर बच्चा निकालिएको भएपनि बच्चाले आमाको पेटभित्र दिशा गरेको र धड्कन समेत कम भएका कारण आइसियुमा राखेर उपचार सुरु गरिएको थियो । यद्यपी उपचारकै क्रममा नवजात शिुशको सोमबार बिहान १ः३० बजे मृत्यु भएको डा. श्रेष्ठले जानकारी दिए । आमाको अवस्था भने सामान्य रहेको डा. श्रेष्ठले जानकारी दिए । कोरोना संक्रमित आमाबाट शल्यक्रिया गरी शिशु निकालिएको भएपनि शिशुमा भने कोरोना संक्रमण नदेखिएको डा. श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button