तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

फाइल तस्बिर

राजविराज । कोरोना भाइरस संक्रमणका कारण सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनीयालाल यादवका अनुसार कोरोनाबाट मंगलवार राति थप एक जनाको मृत्यु भएको हो ।

डाकनेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज नगरपालिका–६ मा बस्दै आएका ७९ वर्षीय पुरुषको मृत्यु भएको प्रमुख यादवले जानकारी दिनुभयो ।

चारदिन अघि ज्वरो आएपछि उपचार गराउन आएका ती पुरुषको स्वाब लिइएको थियो । स्वाब परीक्षणको रिर्पोट मंगलवार साँझ पोजेटिभ आएसँगै उनलाई आइसोलेसन ल्याउने क्रममा मृत्यु स्वास्थ्य कार्यालयले जनाएको छ ।

मृतक पहिला देखिनै विरामी हुँदै आएको परिवारजनले बताएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button